तनहुँ नेपाल टेलिकम डुम्रे शाखा तनहुँले गत असोज १ गते देखि वितरण गरेको एनटीसीको सिम कार्ड हाल सम्ममा २०८ वटा वितरण गरेको छ । दशैं तिहारमा ग्राहकहरुलाई सहुलियत मुल्यमा उपलब्ध गराउनका लागि शाखाले एनटीसीको सिम कार्ड वितरण गरेको जनाएको छ । शाखाले सिम कार्ड आज सम्म वितरण गर्ने जनाए पनि अत्याधिक भएकाले सिम कार्ड वितरण असोज ८ गते सम्म गर्ने नेपाल टेलिकम शाखा डुम्रेका प्रमुख उपेन्द्रराज उपाध्ययले जानकारी दिनुभएको छ ।