नारायण सापकोटा दमाैली भाद्रा २९ गते तनहुँको रुपाकोट गा.वि.सको आयोजनामा स्थानिय स्वास्थ्य चौकी भवनमा तीन दिने सकारात्मक सोचको विकास विषयक प्रशिक्षण कार्यव्रmमको आजबाट शुरु भएको छ ।
कार्यक्रमको एकिकृत नेकपा माओवादी गाउँ सचिव भरत थापा,एमाले गा.वि.सका अध्यक्ष गोविन्द मिश्र,नेपाली कांग्रेस गा.वि.सका सभापति राम बहादुर दुङ्गाना,प्रशिक्षक ब्रह्माकुमार राजु खड्का,रुपाकोट गा.वि.स सचिव विश्वकुमार श्रेष्ठले संयुक्त रुपमा दिप प्रज्वलित गरी उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा प्रशिक्षण दिंदै प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले कुनै पनि क्षेत्रमा सफलताा हासिल गर्नको लागि हर क्षण सकारात्मक मानशिकता बनाई राख्नु पर्ने बताउनु भयो । प्रशिक्षणमा महिला,पुरुष,किसान, शिक्षक, युवा आदि गरी ७५ जनाको सहभागिता रहेको बताइएको छ ।