बन्दना पौडेल÷भदौ १९, मकवानपुर मकवानपुरको पालुङ बहुमुखी क्याम्पसको आयोजनामा आगामी महिनाको असोज १ गते देखि श्रीमद भागवत सप्ताह ज्ञान माहायज्ञ शुरु हुने भएको छ । पालुङ बहुमुखी क्याम्पसको संकाय थप एवं स्तरोन्नत्तिको लागी सहयोगार्थं स्वरुप श्री मदभागवत संचालन गर्न लागिएको हो । असोज महिनाको १ गते देखि ८ गते सम्म संचालन हुन लागेको महायज्ञलाई प्रभावकारी रुपले संचालन गर्न साथै सहयोग संकलनका लागि दामन पालुङका विभिन्न वडामा वडा कमिटि समेत गठन गरिएको छ । पालुङ बहुमुखी क्याम्पस एउटा सार्वजनिक शैक्षिक संस्था भएको कारण १२ वर्ष पछि अहिले दोस्रो पटक त्रिवेणी नारद पवित्र तिर्थ स्थल पालुङमा सप्ताह ज्ञान महायज्ञको आयोजना गरेर देश विदेशमा रहेका नागरिकहरुको चाहना अनुसारनै सेवा प्रदार्न गर्न लागिएको मुल आयोजक समारोह समितिले जनाएको छ । क्याम्पसले शिक्षा शास्त्र, संकाय थप, व्यवस्थापन संकाय पुन संचालन, विषय विस्तार एवंम साथसाथै गुस्तरिय शिक्षा प्रदान गर्न बृतह अक्षय कोष निर्माण गर्ने उदेश्यले नै यो माहायज्ञको आयोजना गरिएको सप्ताह मुल आयोजक समारोह समितीका अध्यक्ष सानो भाइ कार्कीले बताउनु भयो । यस महायज्ञमा सहयोग गर्ने भक्तजनहरुलाई विशिष्ट सम्मान कार्यक्रमको समेत तय गरिएको छ । पण्डित दिनबन्धु पोखरेलको संगीतमय बाचकत्वमा समपन्न हुने महायज्ञमा सवैले आ–आफ्नो तरिकाबाट सहयोग गर्न समेत आयोजक समितिले सवैलाई अनुरोध गरेको छ ।