Responsive Ad Slot

latest

कतारमा आउँदो सेप्टेम्बर ९ मा गायक हिमालसागरको एकल प्रस्तुती हुने

Wednesday, September 7

/ by Admin BHOLA THAPA
रवि रोषी  कञ्चनजंघा सामाजिक संस्थाको बार्षिक उत्सव पारेर नेपालका सुप्रसिद्ध गायक हिमाल सागरको एकल प्रस्तुती दोहाको मुन्तजा स्थित आलिशान होटलमा हुने भएको छ । आउँदो सेप्टेम्बर ९ शुक्रवार दिउँसो १२ बजे बाट ५ बजे सम्म हुन गैरहेको सो एकल प्रस्तुतीमा गायक हिमाल सागरले आफ्नो नयाँ तथा पुराना गरी थुप्रै गीतहरु प्रस्तुत गर्ने भएका छन् । विविध मनोरञ्जक कार्यक्रम सहित आयोजना हुन गईरहेको सो कार्यक्रमको टिकट मूल्य दर लञ्च सहित १०० र २०० कतारी रियाल तोकिएको छ । संस्थाको आर्थिक समृद्धताको लागि गरिन लागिएको सो कार्यक्रममा कलाप्रेमी सवैको उपस्थितिको लागि संस्थाले अनुरोध गरेको छ । थप जानकारीको लागि मोवाइल नम्बर ५५८७०८८३ र ५५५४३२५६ मा सम्पर्क लिन सकिने पनि कार्यक्रम आयोजकले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI