नारायण सापकोटा, चितवन भाद्र २१
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य कमल पाठकमाथि अज्ञात समुहले आक्रमण गरेको छ । पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेका पाठकलाई ७—८ जनाको समूहले टिकौली जङ्गलमा आक्रमण गरेको हो । ना ९ प ७७४० नम्बरको कालो पल्सरमा सवार पाठकको दुबै हातमा गम्भीर चोट लागेको छ । पाठकको चितवनमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ ल्याइँदैछ । यसैवीच आक्रमणको विरोधमा युबासंघ नेपालले चितवनमा चक्काजाम गरेको छ । दोषीमाथि कडा कार्वाहीको माग गर्दै गरिएको चक्काजामले सर्वसाधारणलाई पनि मर्का परेको छ । यसैबीच युवासंघका केन्द्रिय सदस्य कमल पाठकमाथि भएको आक्रमणको युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।