
नेपाली प्रवासी जनजाति महासंघ, कतारका पुर्व अध्यक्ष गुरुङलाई एमाले समर्थन र कांग्रेसको तर्फका उम्मेरदार इन्जिनियर भट्टराईलाई माओवादीले समर्थन गरेको थियो । नाल्मा-७, लमजुङ पुख्यौली घर भएर काठमाडौं गोंगबु निवासी ४० वर्षीय गुरुङ कतारमा सामाग्री सप्लाई गर्ने एक कम्पनीमा कार्यालय सहायकको रुपमा कार्यरत छन् । उनले निर्वाचन प्रजातान्त्रिक प्रकृया भए पनि प्रवासमा अब निर्वाचन पद्धतीद्धारा कार्य समिति छनोट गर्न नहुने भन्दै आफु सबैसंग समन्वय गरेर अगाडी बढ्ने बताए । 'चुनाव भनेर एक, डेड महिनादेखि म सुत्न पाएको छैन' विजय लगत्तै उनले भने-'म अब दोहामात्र होइन नेपाल गएर पनि चुनाव लडि्दन ।' आफ्नै कंपनी चलाएका ३९ वर्षीय बुटवल निवासी ईन्जियिर भट्टराईले परिणाम स्वीकार्दै गुरुङलाई बधाई दिए । नवनिर्वाचित गुरुङले सबैले सल्लाह सुझावलाई लिदै आफ्नो टीम समन्वय गरेर अगाडी बढ्ने बताए । निर्वाचित पदाधिकारीहरुमा कांग्रेसको समर्थनमा महासचिव, खुला तर्फका एक सदस्य, मध्ये पश्चिमाञ्चल सदस्य र एक महिला सदस्य बाहेक अरुमा गुरुङको प्यानल विजयी भएको छ । कांग्रेसको समर्थनमा माओवादी तर्फका २ उम्मेदवार द्वितीय उपाध्यक्ष र कोषाध्यक्ष पराजित भए ।
निर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा गुरुनारायण रानाभाट सर्वाधिक ६ सय मतले चुनिएका छन् । उनका प्रतिपस्र्धी साकिर अलिले ३ सय ५० र लक्ष्मण खतिवडाले १ सय २१ मत पाए । द्धितिय उपाध्यक्षमा हिमाल गिरी, महासचिमा क्रान्ति सिंह, सचिवमा विनोदप्रसाद भट्टराई, कोषाध्यक्षमा चुडामणी कार्की निर्वाचित भएका छन् । द्वितिय उपाध्यक्ष गिरीले ५ सय ७२, प्रतिपस्धी रमेश भट्टले ४ सय ६८, महासचिव सिंहले ५ सय ५२, प्रतिपस्र्धी हंशराज ढकालले ४ सय ८३, सचिव भट्टराईले ५ सय ७८, प्रतिस्पधी शंकरप्रसाद न्यौपानेले ४ सय २५, कोषाध्यक्ष कार्कीले ४ सय ८७ र प्रतिस्पर्धी द्धय मनोजकुमार गोईतले ८९ र श्रीकृष्ण भट्टराईले ४ सय ४३ मत पाएका छन् । आईसीसी कतार प्रतिनिधी सदस्यमा अजिजुर रहिमान शेष ५ सय २५ मत ल्याएर विजय भए । उनका प्रतिस्पर्धी यवराज पाठकले ४ सय ३६ प्राप्त गरे । खुला तर्फका सदस्यको लागि १३ उम्मेदवार मध्ये निर्वाचित ५ सदस्यहरुमा नगेन्द्र भट्टराई, कालमान तामाङ वाईवा, तिलक घर्ती मगर, जितेन भण्डारी र आशिष चन्द छन् । पुर्वाञ्चल सदस्यमा सन्तोष पराजुली, पश्चिमांंञ्चल सदस्यमा द्रोणबहादुर बस्नेत, मध्य-पश्चिमाञ्चल सदस्यमा गणेशप्रसाद बंजाडे, महिला सदस्यमा ताराकुमारी भट्टराइ, दलित २ सदस्यमा बुद्धि बि.क.र डम्बरबहादुर रसाईली निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित तर्फ आईसीसी युवा कतार संयोजकमा उमेश अधिकारी, आईसिसि महिला कतार संयोजकमा माला डंगोल (महालक्ष्मी), मध्यमांचल सदस्य रामबाबु थापा, सुदुर पश्चिमांचल सदस्य धनबहादुर बलायर, जनजाती सदस्य द्धय दीपेन्द्र राई (दीपक) र सुजन गोले तामाङ, तराई मधेश सदस्यद्धयमा मणिकलाल मण्डल र रामुकुमार मण्डल, मुस्लिम सदस्य द्धयमा जजिल खान र मोहम्मद उमेर आलम छन् । एनसीसी,कतारको अधिवेशनको उद्घाटन र बन्द शत्र शुक्रवार एक होटलमा र निर्वाचन तथा मत गणना नेपाली दुतावासमा भएको थियो । महाविधेशनमा रसियाबाट आईसीसी उपाध्यक्ष जीवा लामिछाने, युएईबाट आईसीसी कोषाध्यक्ष रामेश्वर शाह र साउदी अरबबाट एनसीसी अध्यक्ष धरम केसी आएका थिए । अधिवेशन उद्घाटन गर्दै राजदुत डा. सुर्यनाथ मिश्रले एनआरएनले उठाएको सामुहिक लगानी र सुरक्षित आप्रवासमा जोड दिन आग्रह गरे । उनले सुरक्षित आप्रवास नभए आम्दानी नहुने र आम्दानी नभए बचत हुन नसक्ने र बचत नभए लगानी गर्न नसक्ने भएकोले सुरक्षित आप्रवासनाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । एनआरएन उपाध्यक्ष उपाध्यक्ष जीवा लामिछानेले विकाशोन्मुद देशको विकासको लागि डायस्पोराको ठुलो भुमिका हुने जनाउँदै एनआरएनले एकिकृत रुपमा आर्थिक लगानी र संगठित रुपमा डायस्पोरामा रहेका नेपालीको आवाज उठाउन भुमिका खेल्ने बताए । 'ठुलो मात्रामा नभए पनि डायस्पोराबाट सामुहिक हितको लागि केही न केही गरौ भन्ने नेपालीको भावना जुर्मुराएको छ' उनले भने-'हामीले स्वदेशमा केही कामको शुरुवात गरेका छौं ।' उनले विभिन्न कारणले नेपालीहरु विदेशमा भए पनि शिक्षा, स्वास्थ्य, जलविद्युत लगायतका क्षेत्रमा सामुहिक लगानी तथा विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमा लगाएर मातृभुमीका सेवा गर्नुपर्नेमा जोड दिए । शान्त र समृद्ध नेपाल-हाम्रो साझा सपना नारा उठाउँदै आएको आएनआरएनएले नयाँ नेतृत्व छनोट सहित अक्टोवर १२-१४ (अशोज २५-२७)सम्म काठमाडौंमा पांचौ महाधिवेशन गर्दैछ । ५६ देशमा फैलिएको एनआरएनले अधिकांश देशमा एनसीसी अधिवेशन भईसकेको र कुनैमा अधिवेशन मिति तय भइ सेकेको जनाएको छ ।
साभार इकान्तिपुर