रवि रोषी बैदेशिक रोजगारको क्रममा झापा जिल्ला तोपगाछी गाविस वडा नं. ३ समयगढ चोक निवासी ३७ बर्षीय पर्शुराम तामाङको गत सेप्टेम्बर १ मा हृदयाघातको कारण सुतेकै अवस्थामा मृत्यु भएको छ । कतारको रास्लाफान स्थित सीसीआईसी कम्पनीमा कार्यरत तामाङको पारिवारिक आर्थिक अवस्था अति नाजुक भएको हुनाले उक्त कम्पनीमा कार्यरत झापाली शुभ चिन्तकहरुले उनको आश्रित परिवारको सहयोगको लागि सवैलाई अनुरोध गरेका छन् । कतारमा कार्यरत बावु दाहाल, हरि गुरुङ, अच्युत घिमिरे, नारायण आचार्य, गुणराज दुलाल र उप्रव गौतमको पहलमा संकलित १२ हजार ७ सय ४६ नेपाली रुपैँया मृतकको श्रीमति रीता तामाङलाई उपलब्ध गराईएको जानकारी सहयोगी हरि गुरुङले जानकारी गराए । निज मृतकको नेपालमा १ श्रीमति र २ छोराहरु छन् । सहयोगको लागि ५५७७२०५१ मा सम्पर्क राख्न पनि आर्थिक सहयोग संकलक लक्ष्मण पौडेलले बताए ।