तनहुँ कोइदिम मगर समुदायको भाषा संस्कृति भेषभूषा कला रहन सहन तथा यसका महत्वको जगेर्न गर्ने तथा युवा पिढिलाई मगर समुदायको रितिरिवाज भाषा संस्कृतिको जानकारी गराउने उद्देश्यले नेपाल मगर संघ जिल्ला कार्य समिति तनहुँले पहिलो पटक तनहुँमा आयोजना गरेको मिस मगर तनहुँ-२०११ू का सहभागिहरु मगर संस्कृतिले ख्याति कमाएको काहूँशिवपुर गाउँ विकास समितिको कोइदीम भ्रमणबाट शनिबार फर्किएको छ ।
मिस मगर तनहुँ-२०११ को आयोजक तथा नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम बहादुर आलेको नेतृत्वमा उक्त गाउँमा प्रतियोगित किशोरी प्रतियोगितासंग सम्बन्धित व्यक्ति तथा साचारकर्मीको सहभागिता रहेको थियो । काहूँशिवपुर गाउँ विकास समिति कोइदीका बासिन्दाले गाउँ तथा मगर संस्कृतिको अवलोकन भ्रमणमा आएका पाहुनाहरुलाई मगर समुदायका चर्चित सांस्कृतिक कार्यक्रम मगर समुदायको खानपिन बोलचालका भाषा भेषभुषाका बारेमा जानकारी गराएका थिए ।यहि भाद्र १० गतेबाट दमौलीमा सुरु भएको तालिम अन्र्तगत मगर भाषा संस्कृति रितिरिवाज मगर समुदायको संस्कार लगायतका बारेमा अध्यन अवलोकन गराउने उद्देश्यले ग्रामीण क्षेत्रमा रहेका मगर गाउँमा भ्रमण गराउन लागिएको नेपाल मगर संघ तनहुँका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक यम सारु मगरले बताउनु भएको छ । प्रतियोगितामा मगर समुदायका १५ देखि २३ वर्ष उमेर समुहका २७ जना किशोरीहरुको सहभागिता उक्त प्रतियोगितामा रिवर्थ इभेन्ट म्यानेजमेन्ट पोखराले तालिमको ब्यवस्थापन गरेको छ भने सुरज थापा अरुण दर्लामी शिब थापा यामबहादुर आले शिबलाल थापाले सहभागिहरुलाई मगर समुदायको भाषा कला संस्कृति भेषभुष लगायतका विषयमा प्रशिक्षण दिदै आउनु भएको छ ।

साभारः हाम्रो तनहुँ डटकम