Responsive Ad Slot

latest

समान तलब सुबिधाको माग गर्दै मणिपाल अस्पतालका नेपाली चिकित्सकहरु आन्दोलित ।।

Sunday, September 11

/ by Admin BHOLA THAPA
पोखरा २५ समान काममा समान ज्यालाको माग गर्दै पोखराको मणिपाल शिक्षण अस्पतालमा
कार्यरत नेपाली चिकित्सकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा कार्यरत भारतिय चिकित्सकको तुलनामा नेपाली चिकित्सकहरुलाई कम पारिश्रमिक दिएको भन्दै उनीहरुले आजदेखि काम बन्द गरेका हुन् । नेपाली चिकित्सकहरु काममा नगएपनि अस्पतालमा कार्यरत भारतिय चिकित्सकहरुले भने काम गरिरहेका छन् । आफुहरुले काम नगरेपनि अस्पतालका दैनिक सेवाहरु निर्बाद चल्न दिने अखिल नेपाल
प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ मणिपाल ईकाईका अध्यक्ष डा.कृष्ण कोईरालाले जानकारी दिनुभयो । अस्पतालमा कार्यरत सबै नेपाली चिकित्सकहरु काममा नगएपछि अस्पतालको सेवा भने प्रभाबित बनेको छ । स्थापना कालदेखिनै नेपाली र गैर नेपाली बिच बिभेद हुने गरेको भन्दै उनिहरुले नेपाली चिकित्सकहरुलाई दोस्रो दर्जामा राखेर भारतिय चिकित्सकलाई ८० प्रतिशत र नेपाली चिकित्सकलाई २० प्रतिशत मात्र सेवा सुबिधा उपलब्ध गराउदै आएको बताएका छन् । समान कामको लागि समान ज्यालाको माग गर्दै यसअघि चरणबद्ध रुपमा बिभिन्न आन्दोलन गर्दै आएपनि सुनुवाई नभएपछि बाध्य भएर काम बन्द गर्नुपरेको नेपाली चिकित्सकहरुले बताएका छन् । यसभन्दा अघि सन् २००७ मा पनि नेपाली स्टाफ नर्स र भारतिय स्टाफ नर्सबिचको बिभेदपनि आन्दोलनबाटै समान भएको थियो । एउटै काम गर्ने स्वास्थ्य कर्मीहरुबिच भेदभाब पुर्ण ब्यबहार हुने गरेपछि अस्पतालको सेवा पनि प्रभाबकारी हुन नसकेको चिकित्सकहरुले बताएका छन् । मणिपाल अस्पतालमा हाल बिभिन्न बिभागमा गरी ३६ जना नेपाली र ३३ जना भारतिय चिकित्सकहरु कार्यरत छन् । अस्पतालका मानब संसाधन तथा ब्यबस्थापन बिभाग प्रमुख बिरेन्दर यादबले भने अस्पताल प्रशासनले नेपाली र भारतिय चिकित्सक बिच कुनै बिभेद नगरेको दाबि गर्नुभएको छ । नेपाली चिकित्सकहरुले भने आफ्नो माग पुरा नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI