Responsive Ad Slot

latest

हत्याको बिरोधमा चितबन बन्द,बिहानैबाट जनजिबन प्रभाबित

Monday, September 19

/ by Admin BHOLA THAPA
नारायण सापकोटा चितवन, २ असोज पश्चिम चितवनको मंगलपुर–८ विजयनगरमा अज्ञात समुहको आक्रमणबाट स्थानिय १५ बर्षिय बिराज विश्वकर्माको हत्या भएपछि घटनाको विरोधमा उत्रिएका बन्दकर्ताहरुमाथी प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोसित बन्दकर्ताहरुले चौविसकोठीमा ढुङगा प्रहार गरेका छन् । घटनामा केहि बन्दकर्ता र ३ जना प्रहरी घाईते भएको जनाईएको छ । प्रहरीले सामान्य बल प्रयोग गरेर अवरुद्ध सडक सुचारु गरिएको दावी गरेको छ । यद्दपि घटनाको विरोधमा पिडित परिवार, आफन्त, स्थानियले आज चितवन बन्दको आव्हान गरेका छन् । अहिले नारायणगढ र भरतपुर क्षेत्र तनावग्रस्त भएको छ । उनिहरुले आज बिहान ८ बजे देखी पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत नारायणगढ पुल्चोक, सहिदचोक, भरतपुर चौविसकोठी लगाएतका स्थानमा सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध पछि गाडी र यात्रु नवलपरासीको गैडाँकोटमा रोकिएका छन् । मोटरसाईकलमा हेलमेट नलगाई आएको १५—१६ जनाको अज्ञात समुहले हिजो दिउँसो घरमा टेलिभिजन हेरेर बसिरहेका विश्वकर्मालाई घरभित्रै पसेर एक्कासि खुकुरी र भाला प्रहार गरेको थियो । उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । प्रहरीले भने घटनामा संलग्नहरुको पहिचान भैसकेको र उनिहरुको खोजीकार्य भैरहेको बताएको छ । प्रहरिले घटनामा संलग्नता भएको आशंकामा आज ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदानगरका सतिश लामा, अमिर लामा, र विवेक महर्जन रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI