Responsive Ad Slot

latest

तनहुँमा धानबालीको अध्ययन

Tuesday, September 13

/ by Admin BHOLA THAPA
तनहुँको पूर्कोट गाविसको विभिन्न वडामा लगाईएको धानबालीको एक टोलीले अध्ययन गर्नुका साथै भिडीयो चित्र लिएको छ । अन्तराष्ट्रिय धानबाली अनुसंधान इरी, फिलिपिन्सका डा. रोई, अन्तराष्ट्रिय धानबाली अनुसंधान नेपालका प्रमुख डा. भगवती त्रिपाटी र कृषि तथा पशु अध्ययन संस्थान सुन्दरबजार लमजुङ्गका डा. विष्णु विलास अधिकारीको एक टोलीले पूर्कोट गाविसको ९ वटै वडामा रहेको खेतमा धानबालीको अनुसंधान तथा भिडियो चित्रको लिईएको थियो । सो अवसरमा पूर्कोटका स्थानीय कृषकहरु, खिला शर्माबगाले, सिताराम बजगाई, तिलाराम ढकाल, नरहरी ढकाल, हरिचन्द्र पाण्डे तथा कृषि प्रसार अधिकृत विनोदकुमार श्रेष्ठसंग टोलीले अन्तरक्रिया समेत गरेको थियो । धानबाली आनुसंन्धान टोली र स्थानीय कृषकहरुले विउ उत्पादन समुहरुको लागि विशेष जोड दिने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै टोलीले लमजुङ्गका सुन्दर बजार गाविस र तार्कुघाट गाविसको भिडीयो चित्र पनि लिईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI