नारायण सापकोटा, दमौली, २१ भदौ । अविरल वर्षापछि मादी नदीमा आएको ठूलो बाढीले तीव्र कटानी गरेका कारण व्यास नगरपालीकाको शान्तिनगरका ७५ वटा घरको अस्तित्व खतरामा परेको छ । कटानले शेरबहादुर थापा, छविलाल पौडेल, मेघराज काफ्ले, रामबहादुर परियार, रामबहादुर विक, गजेन्द्रसिंह जिरी, रामकुमार मल्ल, नारायणकुमार श्रेष्ठ, राजीवलाल श्रेष्ठ लगायतका व्यक्तिहरूको घर सङ्कटमा परेको शान्तिनगर टोल विकास संस्थाका सल्लाहकार राजकुमार श्रेष्ठले बताउनुभयो । मादी नदीले उत्तरपट्टि ६० मिटर तथा दक्षिणतर्पmको एक सय मिटर भाग नदीले कटान गरीसकेको बताइएको छ । तीव्र कटान कारण शान्तिनगरका बासिन्दा त्रसित बनिरहेका छन् । उनीहरूले जल उत्पत्र तथा प्रकोप व्यवस्थापन पोखरामा पुगेर आवश्यक तटबन्धन र नदी नियन्त्रणका लागि निवेदन दिएका छन् ।