Responsive Ad Slot

latest

चितबनको बन्द प्रहरीले बल प्रयोग गरेर खुल्यो

Monday, September 19

/ by Admin BHOLA THAPA
चितबनको बन्द प्रहरीले बल प्रयोग गरेर खुलायो, ४८ घण्टा भित्र सत्य तथ्य सार्बजनिक गर्न प्रसासन संग माग,
नारायण सापकोटा,रेडियो देबघाट पश्चिम चितवनको मंगलपुर–८ विजयनगरमा अज्ञात समुहको आक्रमणबाट स्थानिय २० बर्षिय बिराज विश्वकर्माको हत्या भएपछि घटनाको विरोधमा गरीएको चितबन बन्द प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।हत्यामा संग्लन केही प्रक्रउ परेको र अन्यको खाजी भैरहेकाले उनिहरुलाई प्रक्रउ गरी कानुनको दायरामा ल्याउने भन्दै प्रहरीले बल प्रयोग गरेर बन्द खुलाएको हो ।आजै चितबनका सातदलले ४८ घण्टा भित्र सत्य तथ्य सार्बजनिक गर्न प्रसासन संग माग समेत गरेका छन ।यस अघि सडकमा उत्रिएका बन्दकर्ताहरुमाथी प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोसित बन्दकर्ताहरुले चौविसकोठीमा ढुङगा प्रहार गरेका थिए । घटनामा केहि बन्दकर्ता र ३ जना प्रहरी घाईते भएको जनाईएको छ । प्रहरीले सामान्य बल प्रयोग गरेर अवरुद्ध सडक सुचारु गरिएको दावी गरेको छ । यद्दपि घटनाको विरोधमा पिडित परिवार, आफन्त, स्थानियले आज चितवन बन्दको आव्हान गरेका छन् । अहिले नारायणगढ र भरतपुर क्षेत्र तनावग्रस्त भएको छ।। अहिले ्।मोटरसाईकलमा हेलमेट नलगाई आएको १५—१६ जनाको अज्ञात समुहले हिजो दिउँसो घरमा टेलिभिजन हेरेर बसिरहेका विश्वकर्मालाई घरभित्रै पसेर एक्कासि खुकुरी र भाला प्रहार गरेको थियो । उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । प्रहरीले भने घटनामा संलग्नहरुको पहिचान भैसकेको र उनिहरुको खोजीकार्य भैरहेको बताएको छ । प्रहरिले घटनामा संलग्नता भएको आशंकामा आज ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदानगरका सतिश लामा, अमिर लामा, र विवेक महर्जन रहेका छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI