दीपेन्द्र बडुवाल भरतपुर, भाद्र २३ - पूर्वी चितवनको पिप्ले ७ गड्यौलीकी बालिका बलत्कार भएको बिषयलाई लिएर स्थानीय बासिन्दाले शुक्रबार दिउँसो पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । पीडित परिवारले आरोपितलाई पक्राउ नगरेसम्म राजमार्ग स्थानियवासी बताएका छन् । बिहिबार बेलुका पिल्ले ७ सिमराका १६ वर्षीय किरण राईले स्थानीय ७ वर्षीया बालिका बलत्कार गरेका थिए । शुक्रबार पीडितलाई उपचारका लागि अस्पताल लैजान वालिकाले अनुरोध गरेपछि आफन्तले घटनाबारे जानकारी पाएको बताए । बालिकाका अनुसार ती किशोरले बिहीबार बेलुका चक्लेट दिएर नजिकैको झाडीमा लगेको बताइन् ।
रगताम्मे अवस्थामा वालिकालाई उपचारका लागि चितवन अस्पतालमा ल्याइएको थियो । अरोपी फरार भएपछि पक्राउ गरि कडा कारबाहीको माग परिवारले गरेका छन् ।
साभारः इकान्तिपुर बाट