Responsive Ad Slot

latest

तनहुँमा पनि बजार अनुगमन

Sunday, September 18

/ by Admin BHOLA THAPA


तनहुँ असोज १ तनहुँको उद्योग बाणिज्य संघ डुम्रे ईकाईले बजार अनुगमन थालेको छ । देशभर अखाद्य र मिसावटको चर्चा चलिरहेको बेला बजार ईकाईले अनुगमनलाई तिब्र पारेको छ । अनुमगनमा खटिएका संघका पदाधिकारीहरुले डुम्रेबजारमा भएको मिठाई पसल, खाद्यन्न पसल र तरकारी पसलमा समेत अनुगमन गरेको बजार इृकाईले जनाएको छ । यता सर्वसाधारणहरुले भने ठूला ठूला पसलहरुमा म्याद नाघेको र बस्तुको बढि मुल्यमा बिक्री भैरहेको अवस्थामा पनि प्रशासनले चासो नदेखाएको गुनासो गरेका छन् ।नेपाल अपाङ्ग संघ सिडिआर कार्यक्रम बाईजागर तनहुँ र तार्कुघाट गाविस लमजुङ्गको आयोजनामा तार्कुघाट गाविसका किशोरीहरुको लागि १ दिने मातृशिशु स्वाथ्य तालिमा सम्पन्न भएको छ । नेपाल अपाङ्ग संघ सिडिआर कार्यक्रम संयोजक सिताराम बजगाई, फिल्ड सुपरभाईजर रामभक्त ढकाल, नेपाल परिवार नियोजन संघ, परिवार स्वास्थ्य केन्द्र, ईन्चार्ज इन्द्रिरा बजगाईले प्रशिक्षण दिनुभएको थियो । तालिममा मातृ शिशु स्वास्थ्य, प्रजजनन स्वास्थ्य , प्रजनन अधिकार, सम्बन्धि साथै अपाङ्गगता सम्बन्धि प्रशिक्षण गरार्ईको थियो । उक्त कार्यक्रममा तार्कुघाट गाविसका १३ जना किशोरीहरुको उपस्थिती रहेको बाईसजागरबाट सिताराम बजगाईले जनाएका छन् । (नारायण सापकोटा)
Don't Miss
© all rights reserved
made with by netKUTI