आश गुरुङ, लमजुङ, भदौ २० गते । चारदिनदेखि बेपत्ता लमजुङ नाल्मा गाविसका एक युवक आज मृत अवस्थामा भेटिएका छन् । नाल्मा गाउँ विकास समितिको वडा नं. ४ पुरानगाउँका २२ बर्षिय चन्द्रबहादुर गुरुङको शव पुरानकोटको नाउँगी खोल्सामा भेटिएको हो । उनको भिरबाट लडेरे मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
गत भदौ १७ गते घरबाट पुरानकोट हिडेका गुरुङ घर नफर्किएपछि खोजतलास गर्दा चारदिनपछि आज साँझ नाउँगी खोल्सामा शव भेटिएको स्थानियबासिन्दाले वताएका छन् । घरपरिवार र सेवा सदन मावि पुरानकोटका विद्यार्थीले आज साँझ नाउँगी खोल्साको फेदमा शव फेला परेका हुन्