भोला थापा क्षेत्री दोहा- सवल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाज कतारको अभियान भन्ने मुल उद्घेष्यका साथ संस्थाका नवनिर्वाचित अध्यक्ष निमलाल कुमालको अध्यक्षतामा महत्वपूर्ण पहिलो वैठक सम्पन्न भएको छ ।हालै सम्पन्न तेस्रो अधिवेशनलाई समिक्षा गर्दै निवर्तमान कार्यसमिताीलाई धन्यवाद सहित कार्यक्रम सफल भएको निष्कर्ष निकालदै संस्थालाई चुस्त र दुरुस्त पार्दै अझ महत्वपूर्ण ढङ्ग वाट अगाडी बढनुपर्नेमा जोड दिदै जिल्लावासी सबैलाई समावेश हुन आब्हन गरिएको छ । बैठकले संस्थालाई महत्वपूर्ण योगदान पु¥याउदै आएकाहरुलाई समेटदै सल्लाहकारहरु समेत चयन गरेको छ । जसमा धन बा. परियार, रामहरी गैरे, भिम बा. थापा, नवराज वि.क, गुन बा. राना, हिरालाल वि.क, गोपाल थापा रहेका छन् । संस्थाको बैठक रहेको महिनाको तेस्रो शुक्रबार हुने निर्णय गर्दै, संस्थामा महत्वपूर्ण योगदान पु¥याउदै आउनुभएको निबर्तमान सल्लाहकार नर बा. थापाको लामो समयदेखि कतारको हमाद अष्पतालमा उपचार पु¥याउदै आउनुभएको र हाल नेपाल मा भएर भरतपुर अष्पतालमा उपचार भइरहेकोले उहाँ शिघ्र स्वास्थय लाभको कामना सहित आर्थिक सहयोग संकलन गरी पठाउने निर्णय समेत गरिएको छ । यसका अलवा ठोरफिर्दी ६ तनहुँका क्षितिज आलेमगर कतार आइअलपत्र अवस्थामा जिल्लाले उद्घार गरी हाल दुतावासको सेल्टरमा रहेको छन् उनको नेपाल फिर्तको लागी टिकट समाज सेवी मक्सुद आलामले उपल्ब्ध गराउने भएका हुन् भने समाजसेवी लक्ष्मण खतिवडाले ने रु दुई हजार दुई सय सहयोग प्राप्त भएकोले सहयोग दाताहरुलाई हार्दिक आभर प्रकट गरिएको छ ।