Responsive Ad Slot

latest

बस दुर्घटनामा तीनजनाको मृत्यु, ३५ बढी घाइते

Friday, September 9

/ by Admin BHOLA THAPA
टेकनारायण भट्टराई,पाल्पा भाद्र २३ -पाल्पा सदरमुकाम तानसेनस्थित अप्पुभिलेजमा शुक्रबार दिउसो भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ३५ जना बढी घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु हुनेमा गुल्मी तम्घास-८ का अन्दाजी ४० बर्षीय मानव दर्जी र गुल्मी दिगाम-३ घडेरीटोलाकी ७० बर्षीया इन्द्रकला पोखरेल छन्। अस्पतालमा उपचारका लागि लैजादै गर्दा अर्का एकको मृत्यु भएको तर नाम ठेगाना नखुलेको प्रहरीले बताएको छ।



काठमाडौंबाट तम्घासका लागि छुटेको लु १ ख ४९५८ नम्बरको बस सडकबाट करिव ५० मिटर तल खसेको थियो। विपरित दिशाबाट आएको बसलाई साइड दिने क्रममा सडक भासिएर बस खसेको प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले बताए। घाइतेको तानसेन मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ।
सडकबाट खसेको बस तल चौरमा पुगेर चार पांग्राले टेकेकै अवस्थामा अडिएको थियो। सामान्य घाइते भएकाहरू बसको ढोकाबाटै बाहिरीएका थिए भने धेरैजना बसबाट उछिट्टिएर भीरमा अडिएका थिए। तुरुन्तै स्थानीय र प्रहरी घाइतेको उद्दारमा जुटेका थिए। दुई मिनट टाढाको सरकारी अस्पतालमा एउटै बिरामी गएनन् तर १० मिनट टाढाको मिसन अस्पताल र २० मिनट टाढाको लुम्बिनी मेडिकल कलेजमा बिरामी पुर्‍याइएको थियो। सरकारी अस्पतालमा ३ जना भन्दा बढीलाई आकस्मिक उपचार गर्न उपकरण अभावले हम्मे पर्ने अस्पतालकै स्वास्थ्यकर्मी बताउछन्। source:http://hamrogulminews.com
Don't Miss
© all rights reserved
made with by netKUTI