आँबुखैरेनी असोज ४ तनहुँको आँबुखैरेनी–१ मा आधारभूत पशुव्यवस्थापन पूनर्ताजकी तालिम सम्पन्न भएको छ । एनजीओ नेटवर्क तनहुँले साना किसानहरुका लागि बजारमा डेरी परियोजना अन्तर्गत आँबु १ सत्रसयमा २ दिने आधारभूत पशुव्यवस्थापन पुनर्ताजकी तालिम आज सम्पन्न गरेको छ । सो तालिममा सत्रसयका २५ जनाको सहभागिता रहेको थियो ।नेटवर्क तनहुँले हालसम्म जिल्लाको १० वटा गाविसको १७ स्थानमा आधारभूत पशुव्यवस्थापन पूनर्ताजकी तालिम दिइसकेको छ । साथै नेटवर्क तनहुँ र प्राक्टीकल एक्सन नेपालको एक टोली भोली आँबुखैरेनी ३ डुम्रीडाँडा र पुर्कोटको बडेरामा अनुगमन तथा मूल्याङकन भ्रमण गर्ने भएको छ । डेरीमासले १ वर्षभित्र गरेका कार्यक्रमको अनुगमन तथा मुल्याङकन गर्न लागेको परियोजनाकी सामुदायिक परिचालिका जीवन बाँनियाले जानकारी दिनुभएको छ ।