सागर श्रेष्ठ,भदौ ३१,
मुटुमाथी ढुङ्गा राखी हांस्नुपरेको छ ……………… यो गीत अहिले साउदी अरेवियामा आफ्नो परिश्रम वेचीरहेका नेपालीहरुमा लागुभई रहेको छ । नेपाली हिन्दुहरुको महान चाड दशैं तिहार नजिकै आई सक्यो नेपाल फर्कने रहर सबैमा छ । घरमा बुबा आमा श्रीमति छोरा छोरी कहिले परदेशबाट पैसा पठाई दिएला भनेर पर्खि बसेकाहोलान । नयाँ लुगा लगाउने मासु खाने रमाईलो गर्ने सपना देखेर बसेका धेरै होलान । कक्तिले सबैको चाहाना पुरा गर्न सकेका छैनन यो तितो सत्य हो । अधिकांस नेपालीहरुले दिन रात पसिना बगाएर कमाउने भनेको लगभग ५०० देखी ८००-९०० साउदी रियाल न हो ।
त्यो पैसा नेपाल पठाउंदा सर्भिस चार्ज १८ देखी २० रियाल सम्म काट्छ अनि १६ देखी १९ रुपयां सम्मको रेटमा पठाउदा अनि फोन गर्न नं टिपाउन छुट्टउदा नेपाल कक्तिन पैसा पुग्थ्योर तर दशैंको मुखैमा आएर अहिले साउदी अरेवियाबाट पैसा पठाउनलाई रेट बढेको छ । हिजोको मितिमा साउदी रियाल १ को २०।१८ को रेट थियो । अहिले नेपालीहरु ऋण गरेर हुन्छकी सापटी लिएरहुन्छ नेपाल पैसा पठाउनलाई बैंकहरुमा लाईन बसेको देखीन्छ ।रोल्पा घर बताउने कमल राईले हिजो प्रशन्न मुद्रामा यो बर्ष मेरा बा आमा श्रीमति छोरा छोरी खुसी हुने छ दशैंमा किनकी मैले पहिलो पटक यति धेरै रेटमा पैसा पठाउन पाए अनि साथिहरु संगा सापटी लिएर पनि पठाए ।
मेरो परिवारले रमाईलो संग यस पालीको दशैं मनाउने छ म यसैमा खुसी छु वहांको यो खुसी संगै अन्य साथीहरुले पनि हो मा हो मिलाए । याहांको काम गर्नु पर्दाको पिडा दशैंमा घरपरिवार संगै हुन नपाएको पिडात आफुसंगै छ तर धेरै रेटमा पैसा पठाउन पाएकोमा खुसी देखीन्छन नेपालीहरु ।तर यसरी नेपाली रुपयाको भाउ घट्नु र विदेशी रुचै पक्कै पनि राम्रो होईन । महंगीले आकाश छौको बेलामा चाडपर्वको पुर्व सन्ध्यामा यसरी रेट बधेकोमा प्रवासी नेपालीहरुलाई केहि राहत मिलेको अनुभब भएको छ ।