Responsive Ad Slot

latest

९८ औं वीपी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै ।

Saturday, September 10

/ by Admin BHOLA THAPA
भदौ २४ नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ९८ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वीपी जन्मजयन्तीका लागि अवसरमा आज नेपाली काङ्ग्रेस र उसका भ्रातसङ्गठनहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । वीपी जयन्तीको अवसरमा काठमान्डुको सुन्दरीजलमा रहेको वीपी सङ्ग्राहलयमा विशेष कार्यक्रम हुँदैछ । आजै देशका बिभिन्न जिल्लामा हुने बीपी जयन्ती कार्यक्रममा भाग लिन नेपाली काङ्ग्रेसका सभापति लगायतका केन्द्रीय नेताहरु जिल्लाजिल्लामा पुगेका छन् । वीपीको सिद्धान्त, व्यक्तित्वका विषयमा विचार गोष्ठी, रक्तदान, वृक्षरोपण लगायतका कार्यक्रमहरुमा काङ्ग्रेस नेताहरुले बीपीको सिद्वान्त अनुसार मेलमिलापको नीति अनुसार जान सके समग्र देशले नै समस्याबाट सिनकास पाउने बताएका छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तकका रुपमा परिचित वीपीको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भएको थियो । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएका वीपी कोइराला २०१५ सालमा भएको आम चुनावपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । २०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थाको सट्टा निर्दलीय पन्चायती व्यवस्था लागू गरेपछि उहाँलाई पक्रेर थुनामा राखिएको थियो । राजनीतिक आन्दोलनकै क्रममा भारत निर्वासनमा रहनुभएका वीपी भारतको स्वतन्त्रता आन्दोलनमा समेत सक्रिय रहनुभएको थियो । २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति अवलम्बन गरी नेपाल फर्कँदै गर्दा उहाँलाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरिएको थियो । साहित्यिक व्यक्तित्वको रुपमा पनि स्थापित वीपीको वि.सं. २०३९ साल साउन ६ गते निधन भएको थियो । नेपाली राजनीतिसँगै नेपाली साहित्यको विकासमा समेत बीपीको योगदान महत्वपूर्ण रहेको छ । नेपाली साहित्यमा यौन मनोबैज्ञानिक धाराको सुरुवात र विकासमा बीपीले योगदान पु¥याउनु भएको छ । सुम्निमा, नरेन्द्र दाई, तीन घुम्ती लगायतका कृतिहरु र उहाँको जेलजीवनका संस्मरण समेटिएका कृतिहरु समेत प्रकाशित छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI