तनहुँ आश्बिन २ गते नेपाल सरकारले नयाँ घोषणा गरेको वन्दिपुर नगरपालिको विषयमा भएको विवाद समाधानका लागि स्थानीयले सम्वन्धित निकायसँग माग गरेका छन् । नगरापालिको विषयमा भएको विवादले स्थानीयमा झन अन्यौल बढेकोले जिल्ला विकास समिति तथा सम्वन्धित सरोकारवालाहरुको पहलमा सवैको सम्वोधन हुने गरि समस्या सुल्झाउन आग्रह गरेका हुन् । नेपाल सरकारले यसै आर्थिक वर्षको वजेट भाषण मार्फत तनहुँको वन्दीपुर र आपुाखेरेनी गाविसलाई समेटेर वन्दिपुर नगरपालिका वनाउने घोषणा गरेको थियो । तर आँवुखैरेनीवासलिे सेवा सुबिधाका लागि नगरपालिको कार्यालय वन्दीपर जान नसकिने भन्दै आावुखैरेनीलाई छुट्टै नगरपालिका वनाउन माग गरेका थिए । जिल्ला विकास समितिले आँवुखैरेनी गाविसलाई छुट्टै र वन्दिपुर गाविसमा धरमपानी गाविस गाभेर वन्दिपुर गाविस वनाउने सिफारिस गरेको थियो । धरमपानीवासीले नेताहरुले एकलौटी गरेर धरमपानीलाई गाभेर नगरपालिका बनाउन थालेको भन्दै संघर्ष समितिनै वनाएरै फेरी विरोध गरेपछि स्थानीयका विच अन्यौल वढेको हो । सरकारले नगरपालिका घोषणा गरेर पनि विवाद उत्पन्न भएपछि कार्यसम्पादन गर्न समेत समस्या भएको वन्दिपुर गाविसका सचिव जगतवहादुर श्रेष्ठले वताउनुभयो । जिल्ला विकास समितीले गत साउन ३१ गते बन्दीपुर गाविसलार्ई धरमपानी गाविसलाई मिलाएर बन्दीपुुर नगरपालिका र आँबुखैरेनी र भानु गाविसलाई छुट्टाछुट्टै नगरपालिका सिफारिस गरेको थियो । धरमपानीवासीले भने तत्काल निणर्य फिर्ता गर्न माग अदालतको ढोका घचघचाउने समेत निर्णय गरेका छन् ।