Responsive Ad Slot

latest

आदिकविमा अखिलद्धारा शुभकामना आदानप्रदान सम्पन्न

Thursday, September 22

/ by Admin BHOLA THAPA

दमौली,५ असोज दमौलीस्थीत आदिकवि भानुभक्त क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी तथा दिपावलिको अवसरमा आयोजित कार्यक्रममा क्याम्पस संचालक समितीका पदापधकारी,अनेरास्ववियुका नेता कार्यकर्ता र अन्य विद्यार्थी संगठनका नेता र विद्यार्थीहरुको उल्लेख्य उपस्थीती रहेको थियो । अनेरास्ववियु अञ्चल समन्वय कमिटीका संयोजक हिरालाल विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितीका अध्यक्ष शान्तिरवण वाग्ले , संचालक समितीका उपाध्यक्ष एवम् एमाले नेता श्रीप्रसाद श्रेष्ठ,सदस्य श्रीराम कार्की,एमाले जिल्ला कमिटी सदस्य विष्णुभक्त सिग्देल,अनेरास्ववियु जिल्ला अध्यक्ष तेजप्रसाद वाग्ल,नेपाल विद्यार्थी संघका विमल गिरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष गोपाल कंडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI