Responsive Ad Slot

latest

म्याग्दीको बावीयाचौरमा मिनिबस दुर्घटनामा परी १० को मृत्यु ।।

Sunday, September 18

/ by Admin BHOLA THAPA
कमल खत्री, म्याग्दीको पश्चिम बाबियाचोर ५ लाम्पाटाबाट दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्वरको मिनिवस बाबियाचौर ८ रनबाङ खहरेखोलाको उकालीमा दुर्घटना हुदा १० जनाको ज्यान गएको छ । ६ जना गम्भीर घाईते भएका छन । मृत्यु भएकाहरुमध्ये २ जना बच्चा तथा ३ महिला र ७ जना पुरुष रहेको अस्थायी प्रहरी चौकी बाबीयाचौरले जनाएको छ । मृत्यु भएकाहरुको अहिलेसम्म सहचालक म्याग्दीको पुलाचौर निवासी रुपेश रामदामको मात्र पहिचान भएको छ भने अरुको पहिचान हुन नसकेको स्थानीय श्रीराम पौडेलले जानकारी दिनुभयो । जिप करीव ३ सय मिटर तल म्याग्दी खोलाको किनार माथिको भिरालो पाखोमा खसेका कारण गाडि भित्र कति सवार थिए भन्ने एकिन भएको छैन । दुर्घटनामा अझै धेरैको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । अहिले उद्धारका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी ,ईलाका प्रहरी कार्यालय दरवाङ र अस्थायी प्रहरी पोष्ट बाबियाचौरका प्रहरीहरु घटना स्थलमा गएका छ । विभिन्न ठाउँमा गएको विभिन्न ठाउँमा गएको पहिरोका कारण कारण विच बाटोमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले घाईतेहरुलाई अस्पताल ल्याउन पनि कठिानाई भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI