नारायण सापकोटा, भाद्र २७ दुग्ध उत्पादक सङ्घ, तनहुँले जिल्लाका एघारवटा दुग्ध सहकारी संस्थालाई रु. २२ लाख बराबरको चिलिङ भ्याट र जेनेटर वितरण गरेको छ ।कृषकले उत्पादन गरेको दूध लामो समयसम्म नबिग्रियोस् भत्रे उद्देश्यले उक्त चिलिङ भ्याट वितरण गरिएको हो । जिल्लाको आँबुखैरेनीस्थित वरादी दुग्ध उत्पादक सहकारी, आँधीमूल दुग्ध सहकारी, डुम्रेबेँसी दुग्ध उत्पादक सहकारी, पुर्कोटको प्रगति दुग्ध सहकारी, घाँसीकुवाको सूर्योदय दुग्ध सहकारी, व्यास नगरपालिकाको सेवर दुग्ध सहकारी, दुम्सीचौर दुग्ध सहकारी, चिनतुटार दुग्ध सहकारी, जामुनेको म्याग्दी दुग्ध सहकारी, राइपुरको साना कृषि सहकारी र ढोरफिर्दीको घारिरिसिङपाटन दुग्ध सहकारीलाई चिलिङ भ्याट वितरण गरेको सङ्घले जनाएको छ ।प्रत्येक दुग्ध उत्पादक सहकारी संस्थालाई रु. दुई लाख बराबरको ५००÷५०० लिटरका चिलिङ भ्याट वितरण गरिएको सङ्घका अध्यक्ष अम्बरबहादुर कुवँरले जानकारी दिनुभयो ।उक्त चिलिङ भ्याटमा ७२ घन्टासम्म दूध राख्न सकिने भएकोले उत्पादित दूध बिग्रन र खेर जान नपाउने भएपछि कृषकहरू खुसी भएका छन् । जिल्लामा रहेका २३ वटा दुग्ध सहकारी संस्थालाई नै चिलिङ भ्याट वितरण गर्ने लक्ष्य रहेपनि सुरुमा बिजुली र बाटो पुगेका सहकारी संस्थालाई प्राथामिकता दिएर चिलिङ भ्याट वितरण गरिएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।बिजुली नभएको समयमा पनि दूध चिस्याउन सजिलो होस् भनेर चिलिङ भ्याटका साथमा एक थान जेनेटर पनि वितरण गरिएको बताइएको छ ।