Responsive Ad Slot

latest

भवन आचार संहिता र भूकम्पीय जोखिम विषयक अभिमुखिकरण

Wednesday, September 21

/ by Admin BHOLA THAPA
 तनहुँ दमौली असोज ४ गते व्यास नगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालको प्राविधिक सहयोगमा मंगलबार दमौलीमा राष्ट्रिय भवन आचार संहिता तथा भूकम्पीय जोखिम न्यूनिकरणका विषयमा छलफल एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा नेस्टाका उप-कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भूकम्प किन र कसरी आउँछ भुकम्पबाट बच्नका लागि अपनाउनु पर्ने सुरक्षा एवं पूर्व तयारीका बारेमा सहजिकरण गर्नु भएको थियो । भुकम्पका बारेमा सहजिकरण गर्दै श्रेष्ठले विकासोन्मुख राष्ट्रहरुमा बढ्दै गइरहेको गरीवि अव्यवस्थित शहरीकरणका कारण भूकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको जानकारी गराउनु भएको थियो । नेपाल भूकम्पको दृष्टिकोणबाट पाँचौ क्षेत्रमा पर्ने र जुन क्षेत्र भूकम्पीय दृष्टिकोणबाट सबैभन्दा खतरनाक क्षेत्र मानिएको छ । नेपालको भौगोलिक वनोट नै भूकम्पीय दृष्टिकोणबाट निकै संवेदनशील रहेको र त्यसमा पनि काठमाण्डौ उपत्याका लगायत अन्य साना उपत्यकाहरु सबै भन्दा संवेनदशील क्षेत्र मानिएको श्रेष्ठले जानकारी गराउनु भएको थियो । त्यस्तै व्यास नगरपालिकामा भूकम्पीय दृष्टिबाट अत्यन्तै जोखिममा रहेकाले यहाँका बासिन्दाले आफ्न घर तथा अन्य भवन संरचनाहरु निर्माण गर्द भवन आचार िसंहतामा रहेर निर्माण गर्न सकेमा ५० प्रतिशत क्षती न्यूनिकरण हुने उप-कार्यकारी निर्देशक श्रेष्ठले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । व्यास नगरपालिकाले यहि श्रवाण महिनाबाट नगरपालिका क्षेात्र भित्र भवन अचर संहिता लागु गरेको छ । व्यास नगरपालिकाका कार्यकारी अधिकृत देव बहादुर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल विभिन्न राजनीतिक दल संघ संस्थाका प्रमुख प्रतिनिधिहरु तथा भवन निर्माणकर्ताको सहभागिता रहेको थियो । 

हाम्रो तनहुँ
Don't Miss
© all rights reserved
made with by netKUTI