Responsive Ad Slot

latest

नेपाली जनसंपर्क समिति बेल्जियमको एन्टर्वयपेन क्षेत्रिय अधिवेसन संपन्न

Monday, September 19

/ by Admin BHOLA THAPA
नेपाली जनसंपर्क समिति बेल्जियमको आसन्न तेश्रो अधिवेसन अन्तरगत क्षेत्रिय समिति तथा केन्द्रिय प्रतिनिधि छनौटको लागि आन्त्रोपेन क्षेत्रको अधिवेसन हिजाे १८ सेप्टेम्बर २०११ का दिन आन्त्रोपेन शहरमा संपन्न भएको छ ।नेपाली जनसंपर्क समिति बेल्जियमका आन्त्रोपेन क्षेत्रिय अध्यक्ष कर्ण अधिकारीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा नेपाली जन संपर्क समितका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संपन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्री पकवान, संस्थापक अध्यक्ष धुव्रराज पौडेल, संरक्षक गोविन्द सुवेदी महाधिवेसन प्रतिनिधीहरू, नेपाली जनसंपर्क समितका पदाधिधकारी, संरक्षक, सल्लाहाकारहरू र आन्त्रोपेन क्षेत्रका उल्लेख्य साधारण सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आन्त्रोपेन क्षेत्रका लागि निर्वाचन अधिकृत केदार जोशी (कुमार)ले प्रस्ताव गर्नु भएका क्षेत्रिय समितिका अध्यक्ष तथा सचिव क्रमश अध्यक्ष कृष्ण नेपाल र रविन्द्र घले लगायत ८० जना केन्द्रिय प्रतिनिधीको नामलार्इ निर्विरोध रूपमा हलले पास गरेको थियो । प्रतिनिधीहरुको नाम भने जनसंपर्क समितिको चारै क्षेत्रको अधिवेसन संपन्न पश्चात सार्वजानिक गरिने जनसंपर्क श्रोतले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी गंगागर गौतम, महासमिति सदस्य एवं नि.अध्यक्ष इन्द्र क्षेत्री पकवान, संस्थापक अध्यक्ष धुव्रराज पौडेल ले आफ्नो मन्तव्य राख्नु भएको थियो । आन्त्रोपेन क्षेत्रिय सचिव केशव नेपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली जनसंपर्क समितिका सहमहामन्त्री शालिक गौतमले गर्नु भएको थियो । नेपाली जनसंपर्क समितिको आसन्न तेश्रो महाधिवेसन आगामी २३ अक्टोबरमा हुदै छ । धेरै सदस्य संख्या रहेको आन्त्रोपेन र लुभेन क्षेत्रलाई विषेश महत्वका साथ हेरिएको छ । आगामी २५ तारिखका लुभेन क्षेत्रको क्षेत्रिय अधिवेसन हुन गैरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI