बन्दना पौडेल पालुङ, ३१ भदौ आइतबारबाट शुरु हुने श्रीमद् भागवत ज्ञानमहायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न शनिबार बिहान मोटरसाइकल ¥याली सम्पन्न भएको छ । पालुङ बहुमुखी क्याम्पसको सहयोगार्थ एवंम स्तरउन्नतिको लागि युवा परिचालन समितिले ¥यालीको आयोजना गरेको हो । याली जनकल्याण उच्च माविको प्राङ्गणबाट शुरु भई घर्तिखोलाको दम्की, फेदीगाउँ चौतारा, पाण्डुकेश्वर परिसरबाट इन्द्रायणी बस्ती हुँदै ओखरबजार, कुन्छाल, बज्रवाराही, टौखेल पुगेर दामन शिखरकोटमा आइ समापन भएको थियो । दान र पुण्यको आधार शिक्षाको निम्ति पुर्वाधार, हाम्रो क्याम्पस राम्रो क्याम्पस पालुङ क्याम्पस साथै शिक्षा क्षेत्रमा अमुल्य दान गरी सहयोग गरौ भन्ने
नाराका साथ शनिबार २ सय भन्दा बढि मोटरसाइकल ¥यालीमा सहभागी थिए