नारयण सापकोटा चितवन २९ भदौ भदौ इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वी चितवनको भण्डाराबाट आज विहान चोरीको काठ सहित ४ जना तस्करलाई पक्राउ गरेको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता उपसमितिका अध्यक्ष कृष्ण बहादुर घिमिरेको सक्रियतामा इलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरीको टोलीले १२ थान सालको फाल्टी सहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा भण्डारा ६ का ६५ वर्षीय ठुलोकान्छा राई,४० वर्षीय वुद्धि चौधरी, यसैगरि भण्डारा ८ का १७ वर्षीय प्रकाश नेपाली र १७ वर्षकै अमन राई रहेका छन् । उनीहरुमाथी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरिक्षक लोकेन्द्र मल्लले बताउनुभयो ।