Responsive Ad Slot

latest

कहीं नभएको जात्रा हांडी गांउमा भएको छ साउदी को एनआरएनए ।

Sunday, September 11

/ by Admin BHOLA THAPA
सागर श्रेष्ठ स्थापना काल दखीनै विबादमुक्त रहन नसकेको गैर आबशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेविया अहिले आएर देश विदेशको समाचार मिडियाहरुमा प्रमुख समाचार बन्नुको साथै राष्ट्रिय समन्वय परिषद साउदी अरेवियालाई भ्रममा पार्ने खेल सुरु भएको छ ।
धरम के सी नि वर्तमान अध्यक्ष बुद्विजीविमा मात्र होईन एक चतुर खेलाडि पनि मानिन्छ तर लेखकुद क्षेत्रमा होईन सांगठनिक तथा राजनितीक क्षेत्रमा । २० जुन २०११ को विहाना १२:२४ मा उपाध्यक्ष हरि घिमीरेले संघमा बसेर काम गर्न असर्मथ रहेको भनि सांकेतिक रुपमा तत्कालीन अध्यक्ष धरम केसीलाई दबाब दिनलाई सुमार्गमा आयोस सबैको सल्लाह बमोजीम अगाडी हिड्नुहुन्छकी भनि राजीनामा दिनु भएको थियो तर उक्त राजिनामा २ जुलाई २०११ बेलुकी ९:३१ बजे अस्वीकृत भएको जानकारी ईमेल मार्फत हरि घिमीरेलाई पठाईयो । त्यस पछि ३१ अगस्ट २०११ म्ा बोर्डको चौथो बैठक तत्कालीन अध्यक्ष धरम के सीको अध्यक्षतामा बसी उपाध्यक्ष हरि घिमीरे लाई का व तोकी अध्यक्षले सम्हाल्दै आएको सबै कामकाज गर्न भनि तोकीयो र वहाँ तत्कालीन अध्यक्ष कतार लाग्नु भयो । उक्त बैठकमा मौखीक रुपमा आफ्नो राजीनामा दिई बैठकद्वारा निर्णय गराई कतार पुगेका धरम के सीले आफु गल्फ संयोजकमा निर्वाचित हुने सक्ने नदेखीयो पछि आफुले राजीनामा नदिएको भन्दै सार्वजनिक रुपमा साउदीका बरिष्ठ एनआरएनहरु छोरा छोरी र श्रीमतिको आडमा रक्सीको ब्यापार हुन्डी गर्छन आदी सम्म आरोप लगाउन सफल भए । त्यति मात्र कहां होर नेपाल पुगे पछि तत्कालीन अध्यक्ष धरम के सीले विश्वमा रहेका एनआरएनहरुलाईनै भ्रममा पार्ने गरि बैठकमा राजीनामा दिएर का ब राखेर गएको के सीले संघकै लेटरहेडको प्रयोग गरि का ब अध्यक्ष हरि घिमीरेको राजीनामा स्वीकृत गर्न भ्यए नेपालबाट ९ तारिखको दिन । साउदी अरेविया छाडेर विदामा गएको ब्यक्तिले नेपालबाट राजीनामा स्वीकृत गरेको यो नै पहिलो हांस्यस्पद समाचार बन्यो । नेपाली दुताबासको सभा कक्षमा गैर आवसिय नेपाली संघ राटि्रय समन्वय परिषदको ५ औं पुर्ण बैठक बसेर निम्न निर्णयहरु गरेको छ तर उक्त पुर्ण बैठक सर्व सम्मतले गरेको निर्णयलाई धरम केसीले कथित बैठक भन्न सम्म भ्याए । स्मरण रहोस धरम के सीले मिडियामा भ्रम सिजर्ना गरेका सबै विषयहरुमा चिक्तबुझदो जवाफ ३ दिन भित्रमा नदिएमा वहांलाई दिएको गल्फ संयोजकको सर्मर्थन फिर्ता लिनुको साथै सबै मिडियाहरुबाट बहिस्कार गर्ने भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI