Responsive Ad Slot

latest

त्रिशुलीमा ट्रयाक्टर खस्यो

Sunday, September 18

/ by Admin BHOLA THAPA
नारायण सापकोटा चितवन आश्विन १ चितवनको नारायण मुग्लीन सडक खण्डको नौकिलो भन्ने स्थानमा आज बिहान एउटा ट्रयाक्टर त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । जलबिरेबाट नारायणगढ तर्फ आउदै गरेको नम्बर नराखिएको (अनटेष्ट) ट्रयाक्टर बिहान ११ बजे दाहाखानी ६ नौकिलोबाट करिब २ सय मिटर तल त्रिशुली नदिमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।ट्रयाक्टरमा कति जना ब्यक्ति थिए् भन्ने नखुलेको तर चालक सहितका सबै जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरको एक्सलको भाग पानी भन्दा बाहिर देखिएको र ट्रयाक्टर संगै बेपत्ता भएका हरुको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जानकारी दिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI