बन्दना पौडेल÷पालुङ, मकवानपुर उत्तरी मकवानपुरको दामनपालुङमा रहेको पालुङ बहुमुखी क्याम्पसका लागि दुई करोडको अक्षय कोष स्थापना गर्ने लक्षसहित आयोजित श्रीमद्भागवत ज्ञानमहायज्ञमा विरगंज निवासी राम बहादुर थापाले १ लाख १ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । मकवानपुर दामन ५ दोबाटोका चन्द्र बहादुर थापाका सुपुत्र हाल बिरगञ्ज निवासी राम बहादुर थापाले आफ्नो स्वर्गीय माता राधादेवी थापाको नाममा १ लाख १ हजार रुपैयाँ रकम सहयोग गर्नु भएको हो । उहाँको यो प्रतिवद्धता प्रति आयोजक समितिले स–सम्मान धन्यवाद प्रदान गरेको छ । मकवानपुरको उत्तरी भेगका विद्यार्थीका लागि गाउँमै पढ्ने स्नातकोत्तर तहको क्याम्पस अहिलेसम्म नभएको र पालुङ क्याम्पसमा हाल शिक्षा र मानविकी संकाय संचालन भैरहेकोमा वाणिज्य शास्त्रसमेत संचालन गर्नु पर्ने आवश्यकता रहेकाले नियमित श्रोतको खोजी गर्ने क्रममा महायज्ञको आयोजना गरिएको हो । अहिले सहयोय रकम प्राप्त हुने क्रम जारी रहेको सप्ताह सचिवलायले जनाएको छ ।