Responsive Ad Slot

latest

किनाराको खोजी

Thursday, September 15

/ by Admin BHOLA THAPA


एउटा साघुरो किनारा टेकेर
म पर..परसम्मको क्षितिज चियाइरहेछु ।
हिजोका पाटीपौवाहरुबाट
रुदैहाँस्दै चढेका पहाड र झरेका गल्छीहरुबाट
हरेक निमेष, पलपलका स्मृतिहरु
तिमीभन्दा पनि पर
म सँगै झन्झन् किनारा लागिरहे छन् ।।

चुक घोप्टिएजस्तो रातमा हामीले
जुनको टहटह खाजेनौं ।
ओठहरु कलेटी परेका थिए ।
जलघडाहरु पनि खोजेनौ
खै कसरी सम्हालिए, चार आँखाहरु

धड्कनहरुको ढुकढुक,
पसिनाहरुको च्यापच्याप
यी सब किन भएनन् ।
आज यस्तो लाग्छ,
हामीले बाँचेको यथार्थ भ्रम थियो ।
अँध्यारोमा टुकी र दीयो खोजेको भए
प्यास लाग्दा जरुवा र मूलको बाटो राजेकेा भए,
हामी उहि ठाउँमा, उस्तै आसनमा
होस या बेहोसमा हर्राईरहेका हुन्थ्यौं ।
आज बिगतको रासमा
परिस्थितिकेा दास बाहेक
काउकुती लगाउने अतितहरु छैनन् ।
आत्मग्लानी र आफैलाई धिक्कार लाग्ने
त्यही विगत किनारा लगाउन
अर्को किनारा खोजी रहेछु ।
हातमा हातको सयोग मिलेको बेला
काँध र काखलाई फेरिफेरि टेउकी लगाएको बेला
त्यो र्स्पर्शमा खै के जादु हुन्छ ।
पीडाहरुको सम्झना भएन मलाई
सायद तिमीलाई त्यसै भयो भन्नर्ुपर्छ ।
आकास पुरै थामेजस्तो
धर्ती सिङ्गै काँधमा बोकेजस्तो
हामी भोक र लाज नभनी
घाम र पानी नभनी र्
पर्वत चढेउँ
मुलहरु फरक थिए आँसुका
रङ्ग एउटै
भङ्गीहरु फरकफरक
भाव एउटै,
तर आज
म अतितलाई च्यापेर
थला परिरहेछु
तीतो ओकल्न वा विर्सन भनुँ
सजिलो लाग्ने किनारा खोजी रहेछु ।




लिलप्रकाश चन्द
सामुदायिक सूचना नेटवर्क सीआईएन
ललितपुर, पाटन
इमेल abhimat.lil@gmail.com
मोवाइल− ९८४९५३३७४०
Don't Miss
© all rights reserved
made with by netKUTI