Responsive Ad Slot

latest

तनहुँमा आदिवासी जानजातिको तेश्रो जिल्ला अधिवेशन

Sunday, September 11

/ by Admin BHOLA THAPA
 दमौली भाद्र २५ गते नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद् तनहुँको तेश्रो जिल्ला अधिवेशन शनिबारबाट व्यास-५ वैरेनीस्थित बोटे गाउँमा सुरु भएको छ । समितिका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित जिल्ला अधिवेशनले आज आइतबार नयाँ कार्य समितिको नयाँ कार्य समिति चयन गरी सम्पन्न हुने बताइएको छ । अधिवेशनको उद्घाटन सत्रका वक्ताहरुले आदिवासीहरुको हक हित सुरक्षीत गर्नका लागि नेपाल भर छरिएर रहेका सम्पूर्ण आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर आले मगर मगर संघ तनहुँका अध्यक्ष वषन्त आले मगर जनजाति महिला केन्द्रीय विभाग प्रमुख मनिता गुरुङ केन्द्रीय सदस्य एवं जानजाति युवा संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका सचिव दीर्घबहादुर दरैले साचालन गर्नु भएको सो कार्यक्रममा सहभागिहरुलाई उपाध्यक्ष हस्तबहादुर थापाले स्वागत गर्नु भएको थियो ।


साभारः हाम्रो तनहुँ


Don't Miss
© all rights reserved
made with by netKUTI