दमौली, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रकि्रया नटुङ्गिएसम्म संविधान लेखनको कुनै औचित्य नरहने बताउनुभएको छ । नेपाली काँग्रेस तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले माओवादीले कन्टेनरको चाबी बुझाइएको प्रचारबाजी गरिरहे पनि अर्को पक्षबाट विरोध आइरहनुले उनीहरुलाई विश्वास गरिहाल्न नसकिने बताउनुभयो । मुलुक अहिले पनि सङ्क्रमणकालीन समयमै गुजि्ररहेकाले अनिश्चितता र अस्थिरता कायमै रहेको भन्दै नेता पौडेलले देश कुन दिशातर्फ अगाडि बढ्ने हो अझै भन्न नसकिने बताउनुभयो । बन्दुकको राजनीति र सैन्य शक्ति रहेसम्म देशमा शान्ति नआउने उहाँको भनाइ छ ।
पोखराटुडे
पोखराटुडे