Responsive Ad Slot

latest

नवलपरासीमा सम्पुर्ण सामुदायीक बिद्यालयहरु बन्द

Friday, September 9

/ by Admin BHOLA THAPA
नारायण सापकोटा ,भाद्र २३ नवलपरासी दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि एक शिक्षक र शिक्षिकाको मृत्यु भएको शोकमा नवलपरासी जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालयहरु आज बन्द भएका छन् । गत भदौ १४ गते गैडाकोटमा भएको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएका गणेश प्रा वि. भेडावारीका शिक्षक डोलराज रोका र गत १६ गते तनहुको आपुखैरहनिमा भएको दुर्घटनामा परि मृत्यु भएकि शान्ति श्रृजना निमाविका शिक्षिका नेत्रमाया पौडेलको शोकमा जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालय वन्द गरिएको शिक्षक युनियनका अध्यक्ष मोहन शर्माले बताउनुभयो । विद्यालय वन्दको जानकारी नपाएर आएका विद्यार्थीहरु विद्यालयमा पुगेपछि घर फर्केका थिए । विद्यालय वन्द हुदा जिल्लामा रहेका ५ सय ४५ सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएकोछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI