नारायण सापकोटा , तनहु खबर भाद्र २२ तनहुँमा रासायनिक मलको अभाव भएको स्थानिय कृषकहरुले गुनासो गरेका छन् ।धानमा मल राख्ने समय भैसक्दा समेत बजारमा मल नपाएको बताएका छन् । तनहुँमा पूर्ण रुपले रासायनिक मलको आपूर्ती गर्न कम्तीमा २२० टन रासायनिक मलको आवश्यक पर्ने जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ । रासायनिक मलको आपूर्तीका लागि अर्को हप्ता सम्म विरगंज र भैरहवाबाट रासायनिक मल मगाईएको समेत कार्यालयले जनाएको छ ।