
सिंहदरवारमा बुधबार चार वटै सुरक्षा निकायका प्रमुखहरुसंग सुरक्षा अवस्था बारे भट्टराईले जानकारी लिएका थिए । उक्त छलफलमा सहभागी गृहमन्त्री विजय गच्छदारका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएका थिए । शान्ति प्रक्रिया टुंग्याउन सेनाको भूमिका रहने भएकाले सकारात्मक सहयोगका लागि प्रधानमन्त्रीले प्रधानसेनापती छत्रमानसिंह गुरुङलाई आग्रह गरे ।
प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख मोती गुरुङ्गले सुरक्षा अवस्थाबारे 'बि्रफ' गरेका थिए । कार्यक्रममा गृह र रक्षा सचिव क्रमशः लिलामणि पौडेल र नविन घिमिरेको पनि सहभागगिता थियो ।
पूर्व प्रधानमन्त्रीहरुसंग छलफल
प्रधानमन्त्री भट्टराईले ०४७ साल यताका पूर्व प्रधानमन्त्रीहरुले बुधबार सामूहिक छलफल गर्दैछन् । सिंहदरवारमा अपरान्ह साढे १२ बजेबाट उक्त छलफल सुरु भएको छ । शान्ति,संविधान र मुलुकको अन्य राजनीतिक अवस्था बारे भट्टराईले पूर्वप्रधानमन्त्रीहरुसंग परामर्श गर्दैछन् ।
०४७ साल यताका पूर्व प्रधानमन्त्रीहरु मध्ये गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको निधन भइसकेको छ । माधव नेपाल एक कार्यक्रममा सहभागी हुन जापान गएका छन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल,शेरबहादुर देउवा,सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द छलफलमा सहभागी छन् ।
पूर्व मुख्य सचिवसंग पनि छलफल
पूर्वप्रधानमन्त्रीहरुसंगको छलफलपछि भट्टराईले ०४७ साल यताका पूर्व मुख्य सचिवहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।
साभारःइकान्तिपुर बाट