
प्रमुख अतिथिद्वारा द्विप प्रज्वलित गरि विधिवत उदघाटन गरिएको उक्त महाधिवेशनमा ज्ञात अज्ञात सहिदहरु र कतारमा अकालमा मृत्यूवरण गर्नु भएका नेपालीहरु प्रति श्रद्धा व्यक्त गर्न एक मिनट मौन धारण गरिएको थियो । राष्ट्र प्रति सम्मान स्वरुप महाधिवेशनमा सहभागि सबैले राष्ट्रिय गान गाएको थिए । निवर्तमान प्रथम उपाध्यक्ष अजिजुर रहिमान शेष (डाक्टर) ले एनसीसीको तर्फबाट शब्दद्वारा स्वागत गरेका थिए ।
२००९–२०११ कार्यकालमा एनसीसीको हरेक गतिविधिलाई जनमानसमा प्रसारण गरि सहयोग गर्नु हुने छापा पत्रकार तथा अनलाईन पत्रिकासंग सम्बन्धित पत्रकारहरुलाई कदरपत्र र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कतारबाट प्रकाशित हुने राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका कतार संयोजक दिपक पौडेललाई कदरपत्रद्वारा सम्मान गरियो । त्यसै गरि कान्तिपुर साप्ताहिक प्रवास प्रकाशन कतारका सम्वाददाता दिनेश रेग्मी, नेपाल कतार अनलाई डट कमका सम्पादक÷सञ्चालक रवि रोषी, गोर्खाली अनलाईन डट कम र तमू समाज डट कमका सम्पादक÷सञ्चालक बुद्धबल गुरुङ, मगर समाज डट कमका सम्पादक देवबहादुर राना मगर, याक्थुङ समाज डट कमका सम्पादक मानबहादुर सा“वा लिम्बु, तामाङ समाज डट कमका सम्पादक बिनेश तामाङ र रोजगार मञ्च डट कमका कतार प्रतिनिधि खेम भट्टराईलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो । एनसीसी कतारको तर्फबाट प्रदान गरिएका कदरपत्र र प्रशंसापत्रहरु प्रमुख अतिथि डा.सुर्यनाथ मिश्रले वितरण गर्नु भएको थियो ।
प्रमुख अतिथि महामहिम डा.सुर्यनाथ मिश्रले एनआरएनएले अघि सारेका कार्यक्रमहरु अत्यन्त सकारात्मक छन् । प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश तथा जन्मभुमिसंग नजिकको सम्बन्ध स्थापित गराउन संस्थागत पहल भएकोमा प्रशंसा गर्नु भयो । तर यसले अघि सारेका कार्यक्रमहरु महत्वपुर्ण छन् तर प्राथमिकताको सुचिमा भने परिवर्तन गर्न सुझाव दिनु भयो । एनसीसी कतारको निर्वाचन र कतारको स्थानिय कानून वारे चर्चा गर्दै आउने दिनमा नेतृत्व चयन गर्दा प्रत्यक्ष निर्वाचनको विकल्पमा अहिले देखि नै सोच्न पनि सुझाव दिनु भयो । महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा अतिथिहरुद्वारा महाधिवेशनको पुर्ण सफलताको कामना गर्दै नया“ नेतृत्व जुझारु खालको निमाण होस भन्ने कामना गरिएको थियो । यसरी शुभकामना मन्तव्य दिनेहरुमा जिवानाथ लामिछाने, सागर नेपाल, रामेश्व साह, डा.देवकाजि डंगोल, टि.बि.कार्की, धरम केसी, होमनाथ शर्मा, बिमल सुवेदी, दिपक भेटवाल, ई.कोमल सिंह आदि थिए ।
निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति नरेन्द्र भाटले आफनो भनाईहरुका साथ प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरु लगायत सहभागि सबैलाई धन्यवाद दिदै महाधिवेशनको पहिलो खुल्ला सत्र समापनको घोषणा गरे ।
नरेन्द्र भाटको सभापतित्वमा महाधिवेशनको बन्द सत्र सुरु गरिएको थियो । कार्यक्रमको सुरु गर्ने क्रममा बौद्धिक व्यक्तित्व शिखर वैद्यले संघको निर्देशिकामा भएको गणपुरक संख्या वारे गरिएको व्यवस्था प्रति सहभागिलाई सचेत गराउनु भयो । नया“ नेतृत्व चयनको लागि मतदानको कार्यक्रम नेपाली राजदुतावासमा चलिरहेकोले सभाहलमा भने परिषद सदस्यहरुको उपस्थिति अत्यन्त न्यून थियो । कतारको परिस्थितिलाई मध्य नजर गर्दै सोहि दिनमा निर्वाचन पनि भएको हुदा बन्द सत्रको कार्यक्रम अगाडी बढाउने सहमति भयो र कार्यक्रम सुचारु भएको थियो ।
निवर्तमान महासचिव बिलबहादुर गुरुङले पेश गर्नु भएको सांगठानीक प्रतिवेदन उपर व्यापक छलफल गरी छलफलका क्रममा आएका सुझाव र टिप्पणीहरुलाई यस संस्थाको सम्पत्तिको रूपमा ग्रहण गर्दै आगामी दिनहरुमा यसलाई सकारात्मक रूपमा लागु गर्ने प्रतिबद्धता सहित सर्वसम्मतीले पारीत गरीयो ।
निवर्तमान कोषाध्यक्ष पुर्णबहादुर केसीले पेश गर्नु भएको आर्थिक प्रतिवेदन माथि छलफल गर्दै छलफलका क्रममा सुझावहरुलाई समेट्दै लेखा समितिले पेश गरेका सुझावहरु सहित आर्थिक प्रतिवेदनलाइृ सर्वसम्मतीबाट पारित गरियो ।
परिषद सदस्य दिपक भेटवालले पेश गर्नु भएको ६ बुदे प्रस्तावलाई कार्यन्वयनको लागि तीन महिना भित्र आव्हान गरीने परिषद भेलामा पेश गरीने सर्वसम्मत रूपमा पारीत गरियो ।
परिषद सदस्य होमनाथ शर्माले पेश गर्नु भएको ४ बुदे प्रस्ताव छलफल र कार्यन्वयनको लागि आगमी परिषद भेलामा पेश गर्ने निर्णय गरियो ।
कतार स्थित नेपाली समुदायले तयार गरेको १५ बुदे साझा अवधारणा लागु गर्नको लागि निर्वाचित कार्यसमितिलाई निर्देशन गर्ने सर्वसम्मत निर्णय गरियो ।
कार्यक्रमका सभापति तथा निवर्तमान अध्यक्ष नरेन्द्र भाटले मौजुदा कार्यसमिति विधिवत विघटन भएको घोषणा गर्दै निर्वाचन समितिलाई मञ्च हस्तान्तरण गर्नु भएको थियो ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार नेपाली राजदुतावासमा भएको निर्वाचनको कार्यक्रम विहान १०ः३० बजेदेखि सा“झ ६ बजेसम्म सञ्चालन भएको थियो । कुल १ हजार २ सय ९६ मतदाता रहेकोमा जम्मा १ हजार १ सय २८ मत खसेको थियो । मतदानको कार्य सकिए पछि मत गणना पनि नेपाली राजदुतावासमा नै गरिएको थियो । सनिवार विहान मात्र मतगणनाको परिणाम घोषणा गरिएको थियो । जस अनुसार अध्यक्षमा अमृत गुरुङले ५५१ मत पाएर विजय घोषीत भए भने उनका प्रतिद्वन्दी ई.अर्जुनप्रसाद भट्टराईले ५४१ मत पाएका थिए ।
त्यसै गरि प्रथम उपाध्यक्षमा गुरुनारायण रानाभाटले ६०० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी मो.साकिर अलिले ३५० मत प्रँप्त गरेका थिए । सोहि पदका लागि अर्का प्रत्यासी लक्ष्मण खतिवडाले १२३ मत पाएका थिए । द्वित्तीय उपाध्यक्षमा हिमालय गिरीले ५७२ मत पाएका थिए भने उनका प्रतिद्वन्दी रमेश भट्टले ४६८ मत पाएका थिए । महासचिव पदमा क्रान्ति सिंहले ५५२ र हंशराज ढकाल क्षेत्रीले ४८३ मत पाएका थिए । सचिव पदका लागि बिनोद भट्टराईले ५७८ मत र शंकर न्यौपानेले ४२५ मत पाएका थिए । कोषाध्यक्ष पदमा चुडामणी कार्कीले ४८७ मत पाएका थिए भने श्रीकृष्ण भट्टराई र मनोज गोईतले क्रमशः ४४३ र ९९ मत पाएका थिए ।
एनआरएनए–आईसीसी सदस्य तथा कतार प्रतिनिधिका लागि अजिजुर रहिमान शेष (डाक्टर) विजय भएका छन् । उनले ५२५ मत र अर्का प्रत्यासी युवराज पाठकले ४३६ मत प्राप्त गरेका छन् ।
यसरी सदस्यहरुमा खुल्ला तर्फ आशीष चन्द, कालमान तामाङ वाईवा, जितेन भण्डारी, तिलक घर्ति मगर, नरेन्द्र भट्टराई, पुर्वाञ्चल विकास क्षेत्रबाट सन्तोष पराजुली, मध्माञ्चल विकास क्षेत्रबाट रामबाबु थापा (निर्विरोध), पश्चिमाञ्चल विकास क्षेत्रबाट द्रोणबहादुर बस्नेत, मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट गणेशप्रसाद बन्जाडे, सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट धनबहादुर बलायर (निर्विरोध), महिला सदस्यमा श्रीमति तारा कुमारी भट्टराई, आदिवासी जनजाति सदस्य द्वय (निर्विरोध) दिपेन्द्र राई (दिपक) र सुजन गोले तामाङ, दलित सदस्य द्वय बुद्धिबहादुर बिक र डम्बरबहादुर रसाईली, तराई÷मधेश सदस्य द्वय (निर्विरोध) मणिकलाल मण्डल र रामकुमार मण्डल, मुश्लिम सदस्य द्वय (निर्विरोध) जलिल खान र मो.उमैर आलम निर्वाचित मएका छन ।
त्यसै गरि एनआरएनए–आईसीसीका लागि महिला विभागका लागि कतार संयोजकमा श्रीमति माला (महालक्ष्मी)(निर्विरोध) र यूवा विभागका लागि उमेश अधिकारी (निर्विरोध) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
साभार नेपाल कतार अनलाइन