दमौली भाद्र १७ तनहुँ जिल्लाको दक्षिण भेगलाई समेट्ने गरि उद्योग वाणिज्य संघ भिमाद बजार ईकाइद्धारा सञ्चालीत एमबुलेन्स सेवाले हिजोबाट आफ्नो सेवा शुरु गरेको छ ।एमबुलेन्स सेवालाई प्रभाबकारी बनाउन भिमादमा बसेको ईकाइको बैठकले ईकाइ अध्यक्ष हस्तबहादुर खड्का संरक्षक रहने गरि ५ सदस्यिय कार्यसमिति गठन गरेको छ ।नव गठित समितिमा सदस्य कमलचन्द्र श्रेष्ठ, दशरथ गैह्रै , महेन्द्रराज सुवेदी , बिष्णुकुमारी प्रधान रहनु भएको छ । त्यस्तै गरि सल्लाहकार समितिमा दधिराज सुवेदी , काजीमान श्रेष्ठ ,दधिराज पौडेल , श्यामशुन्दर जोशी , डा.झपेन्द्र पोख्रेल रहनु भएको छ ।सो एम्बुलेन्स सेवा सर्वसाधारणको लागी सर्भशुलभ दर रेटमा सञ्चालन गरि सेवा सुविधालाई प्रभावकारी बनाउने समितिले निर्णय समेत गरेको छ ।