पर्वत, ३१ साउन । जुवा खेल्दाखेल्दै पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँ टोलबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि वडागाउँको होटल जैदीबाट पक्राउ परेका १० जना जुवाडेमाथि जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा ऐन २०२० अन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा चलाएको छ । पक्राउ पर्नेमा होटल मालिक नारायणप्रसाद शर्मासहित यमप्रसाद पौडेल प्रकाश शर्मा दीपेन्द्र भण्डारी धनबहादुर विक गणेश अर्याल भीमप्रसाद श्रेष्ठ भीमप्रसाद सुवेदी बलबहादुर क्षेत्री र सुरेश शाह रहेका छन् । सो ऐनमा व्यवस्था भएअनुसार पहिलोपटक जुवा खेलेमा रु। २०० जरिवाना दोस्रोपटकलाई एकदेखि तीन महिनासम्म कैद सजाय र तेस्रो पटकलाई एक वर्ष कैद रहेको छ । प्रहरीले उक्त होटलबाट २५ हजार ९०० नगदसहित कम्मल र ताससमेत बरामद गरेको थियो । पर्वतमा प्रहरी सकि्रयता बढेलगत्तै जुवाताससमेत नियन्त्रणमा आउन थालेको छ । साभारः पोखराटुडे.