नारायण सापकोटा , १२ भदौ चितवन चितवनको नारायणगढ लायन्सचोक स्थित एक प्लास्टिकको गोदाममा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ । विहान पौने ८ बजे अचानक गोदाममा आगो लागेको थियो । भरतपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । प्लास्टिक व्यवसायी संघले प्रयोग गर्दै आएको गोदाममा आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । गोदाममा राखिएका संम्पूर्ण प्लास्टिकजन्य सामानहरु कामनलाग्ने भएका छन । गोदाममा आगलागी हुनुको कारणबारे अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
।