Responsive Ad Slot

latest

नवनिर्वाचित प्रधानमन्त्री भट्टराईले सपथ लिए

Monday, August 29

/ by Admin BHOLA THAPA
काठमाडौ, भाद्र १२ - राष्ट्रपति रामवरण यादवबाट नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहबीच भट्टराईले सपथ लिएका हुन् । भट्टराई भादगाउँले टोपी,कोट,शर्ट र पाइन्ट लगाएर उपस्थित थिए । प्रधानमन्त्रीको सपथ लिइसकेपछि भट्टराईले उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला लगायतका नेताहरु उपस्थित थिए । त्यसवाहेक कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकाय तथा उच्च सरकारी अधिकारीहरु विभिन्न दलका नेताहरुको सपथ ग्रहण समारोहमा उपस्थिति थिए । सबैले भट्टराई र गच्छदारलाई बधाई दि

ए । सपथपछि प्रधानमन्त्री भट्टराई कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम छ । उनले पदभार आजै सम्हाल्ने छन् ।


समाचार स्राेत ः इकान्तिपुरबाट
Don't Miss
© all rights reserved
made with by netKUTI