आश गुरुङ, लमजुङ, साउन ३२ गते । ब्लड क्यान्सरवाट पीडित पूर्णिमा गुरुङलाई ब्यक्तिगत रुपमा सवैभन्दा बढी लमजुङ नाल्मा गाउँ विकास समिति वडा नम्बर ५ का मेखवहादुर गुरुङले सहयोग गर्नुभएको छ । हाल दक्षिण कोरियामा रहनुभएका मेखवहादुर गुरुङले ब्यक्तिगत १३ हजार ३ सय रुपैँया सहयोग गर्नुभएको हो । यसैगरि दक्षिण कोरियावाट म्याग्दीका सविना पुनमगरले ३ हजार ३ सय, म्याग्दीकै ओम जुगजालीले १ हजार ३ सय, बुटवलका अशोक खनालले १ हजार ३ सय र काठमाडौँका राम गुरुङले ६ सय रुपैँया सहयोग गरेकाछन् । लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टाप गाउँकी १९ बर्षिया पूर्णिमा गुरुङ हाल बीपी कोईलाला क्यान्सर अस्पताल भतरपुर चितवनमा उपचार गराईरहेकीछन् । उनलाई सहयोग गर्न ईच्छुक महानुभावले दक्षिण कोरियामा मेखबहादुर गुरुङलाई सम्पर्क गर्नुहुन ईलमजुङ परिवार हार्दिक आग्रह गर्दछौँ । पूर्णिमालाई सहयोग गर्न ईच्छुक महानुभावले मेखबहादुर गुरुङको फोन नम्बर ण्ण्डद्दज्ञण्(छडद्धढछठटठ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछौँ । यसैबीच पूर्णिमा गुरुङले आफ्नो उपचारका लागि सवैभन्दा बढी सहयोग गर्नु भएका मेखबहादुर गुरुङलाई हार्दिक धन्यावाद ज्ञापन गर्नुभएको छ । सहयोग गर्नुभएका सवै दाज्युभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यावाद दिँदै आफ्नो उपचारका लागि सहयोग गरिदिन सवैलाई गर्नुभएको छ । आफूलाई सहयोग गर्नुहुने महानुभावले वेसीशहरस्थित रिलायबल फाईनान्स लिमिटेडमा आफ्नै नाममा खोलेको खाता नम्बर ००३००००५४७२५ मा जम्मा गर्नुका साथै आफ्नो फूपू टेकमाया गुरुङको मोवाईल नम्बर ९८४६१२७९९१ र पत्रकार आश गुरुङको मोवाईल नम्बर ९८५६०४५०४३ अथवा ९८०६६४९३५६ मा सम्पर्क गर्नुहुन अनुरोध गर्नुभएको छ ।