Responsive Ad Slot

latest

गैडाँकोटबासीको आन्दोलन, आज एक घण्टा राजमार्ग बन्द गर्ने

Monday, August 29

/ by Admin BHOLA THAPA
नवलपरासी, १२ भदौ नब घोषीत नवलपरासीको गैडाँकोट नगरपालिकामा अन्य गाविस समावेश गर्न नपाईने भन्दै आन्दोलित गैडाँकोटबासीले आन्दोलनका कार्यक्रमलाई अझै सशक्त बनाउदै लगेका छन् ।नगरपालिकामा मुकुन्दपुर र अमरापुरी गाविसलाई पनि समाबेश गर्ने गरि जिल्ला विकास समिति नवलपरासीले गरेको सिफारिसको बिरोधमा आन्दोलनरत गैडाँकोटबासीले आज बिहान ११ बजे देखि एक घण्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेका छन् । सरकारको २०६८÷०६९ को बजेट घोषणाको विपरित जिल्ला विकास समिति नवलपरासीले सिफारिस गरेको गैडाँकोटबासीको आरोप छ । उता, मुकुन्दपुर र अमरापुरीका स्थानिय बासिन्दाले भने आफुहरुपनि गैडाँकोट नगरपालिका भित्र समाबेश हुनुपर्ने माग गर्दै आएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI