Responsive Ad Slot

latest

देशको सभा १४

Sunday, August 7

/ by Admin BHOLA THAPA
मादलको तालसंगै सुनौ देशको बिलौना
सकेनन्नी तीन दलले देश मिलाउन
सबै नेता जति हिड्छन् विदेशीको चलखेलमा
चलाउँछन् रे विदेशीले देश रिमोटमा
देशको हालत कस्तो छ के था जालि नेतालाई
देश विकाश गर्ने मै हुँ भन्छन् भन्नलाई
नपाउँदा त्यो सत्ता राष्ट्र भवन धाउछन्
भने जस्तो नभएमा पार्टी फुटाउछन्
संविधान लेख्ने बेलामा सेना तिर अल्झ्यो मन
सभासदलाई खोजेको जस्तो भयो झन
भत्ता खाँदै सुत्दछन् संविधान भवनमा
भन्ने गर्दछन् जेट १४ नआईजा जीवनमा
दुई वर्षमा नबनेको कहिले बन्छ संविधान
सभासदलाई लखेटौ भो भन्दै परम्धाम्
पिरो बुढे स–मतिमा प्रधानमन्त्री बन्दछन्
रुदै आयो संविधान जेठ १४ उर्लेर
मध्य राती म्याद थपे तीन दल बसेर
तीन वर्षमा बल्ल–बल्ल संविधानको नरन भो
शहिदको रगतलाई अब चिन्ने को ?
ग¥यो दरुपयोग रातो पासपोट सभासद्
महिनै बिच्छे भत्ताको लाग्यो तिमीलाई म्याद
यस्तो चालले रित्तियो देशको त्यो ढुकुटी
भदौ १४ पनि कस्तो होला भृकुटी ?
************************
– देब गजमेर
भिरकोट–२, थप्रेक (हाल ः व्यास–१०, बिसघरे, दमौली)
Don't Miss
© all rights reserved
made with by netKUTI