नेपालका चर्चित लोकप्रिय लोक दोहोरी गायक मिलन लामाको एउटा गीत कतारमा नै छायांकन गरिने भएको छ । नृत्य निर्देशक शिव वि.क.को निर्देशन रहने सो गीतको छायांकनको लागि कतारमा कलाकारहरुको पनि व्यवस्था भैसकेको चितवन युवा समूहका सदस्य तथा नृत्यकार विनोद लामाले बताए ।
पुट्ट पुट्ट भुँडी लाछ खाना बेसीले
काले थिएँ गोरो भाछु चिसो एसीले
काले थिएँ गोरो भाछु चिसो एसीले
खुशी छ दिल,
के को पीर लिनु व्यर्थै, हविवी माफि मुश्किला ।
एक बर्ष अघि कतारको कार्यक्रममा आएका लोक गायक लामाले उक्त गीत स्टेजमा गाएपछि थुप्रै दर्शकहरुबाट प्रशंशा बटुलेका थिए र दर्शकहरुले सो गीतलाई रेकर्डिङ गरी कतारमा नै छायांकन गर्न सुझाएकाले नै कतारमा यसको म्युजिक भिडियो बनाउन लागेको हुँ, उनले भने । दुवई कतार तथा खाडी राष्ट्रमा रहने आंशिक नेपालीहरुको स्वभाव र आचरणलाई ठट्यौली पारामा रचना गरी तयार गरेको सो गीत साँच्चै नै कर्णप्रिय र श्रवणीय छ । उक्त गीतको छायांकनको लागि चितवन युवा समूह तथा कतार स्थित साँस्कृतिक समूहको पनि सहयोग रहने कुरा चितवन युवा समूहका महासचिव गणेश ढकालले बताए । चितवन युवा समूहले गर्न लागेको चितवन धमाका कार्यक्रमको सिलसिलामा कतार आउँदै गर्दाको क्षणमा गायक लामाले सो गीतको छायांकन गर्न लागेका हुन् ।