कसरी मेट्न सक्छु र म,

घाउ चर्कन्दै पोलिरहेछ यसलाई सहन
कसरी सक्छु र म ।
मेरो शरिरका प्रत्येक अंग अंगमा बर्षिएका
गोलिहरुका चैटाले बितिष्र्ण रुप लिई रहेछ
म मान्छे हुँ , आप्ःनै मुटुलाई टुक्रयाउन
कसरी सक्छु र म ।
बगिरहेको खोला , हिमसागरले रसाईरहेका मनहरु
बुलन्दित आवाजभित्र लुकेका रहरहरुलाई
कसरी मेट्न सक्छु र म ।
मेरो जन्म दिने मेरी आमाको संहार गर्न
कसरी सक्छु र म ।
आफ्नै रगतले पोतिएका मुनाहरुलाई निमोठेर फ्याक्ने
दुष्ट , पापी कठोर हातहरुलाई भुल्न
कसरी सक्छु र म ।।।
चन्द्र कुमार थापा
दमक १ झापा , नेपाल
हाल अलखोर , कतार ।