Responsive Ad Slot

latest

हत्याको बिरोधमा चितवन बन्द जनजिबन प्रभाबित,

Sunday, August 28

/ by Admin BHOLA THAPA
नारायण सापकोटा भरतपुर, भाद्र ११ - शनिबार चितवनको कबिलास ५ केराबारीमा एक जनाको गोली हानी हत्या भएपछि घटनाको बिरोधमा पिडित पक्षले आज चितवन बन्द गरेका छन् । हिजो दिउसो कबिलास ५ केराबारीमा एक समुहले भनपा १ का २८ बर्षिय संजय लामाको गोली हानी हत्या गरेको बिरोधमा जिल्ला बन्द गरीएको हो । दोषीलाई कार्वाहीको माग गर्दै पिडीत पक्षले गरेको बन्दले यातायात ,बजार र शिक्ष्ाँण संस्थामा प्रभाव परेको छ । भित्री सडकहरुमा छिटपुट सवारी चले पनि नारायणगढ बजार क्षेत्र र मुख्य राजमार्गमा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिहान भने राजमार्गमै सवारी साधन चलेका थिए तर मध्यान्नबाट पुर्ण रुपमा बन्द भएका छन्। बन्दको प्भाब कम परेका समाचारहरु सार्बजनिक भएपछि अहिले बन्द कर्ता ठाउ ठाउमा जम्मा भएर बन्दलाई कडा गरेका छन् । बाइपास रोडको हुलाक चोक , शहिदचोक , नारायणढको पोखरा बसपार्क , लगायतका स्थानमा बन्दकर्ताहरु जम्मा भएर सवारी साधन सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । त्यस्तै नारायणगढको बेलचोकमा ना १ ज २२४६ नम्वरको माइक्रो बस समेत तोडफेड भएको छ । नारायणगढका पसलहरु खुल्न सकेका छैनन् । पिडीत पक्षलाई बन्द आह्वानमा माओवादी निकट वाइ सि एल र एमाले निकट युवा संघले सहयोग गरेका छन् ।यसैबिच घटना पछि उत्पन्न समस्याको समाधान बारे छलफल गर्न बसेको जिल्लाका प्रमुख तीन राजनितीक दलको बैठकले घटना लाई राजनितीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । एमाले कार्यलय भरतपुरमा आज बिहान भएको माओवादी , काँग्रेस र एमालेको बैठकले घटनाका दोषीलाई कार्वाही गर्न प्रशासन लाई दवाव दिने निर्णय पनि भएको छ । सोही अनुसार तीनै दलका प्रतिनिधीहरुले जिल्ला प्रहासन कार्यलयमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । बैठकमा माओवादी जिल्ला सह इन्चार्ज शोभा कट्टेल , कांग्रेस सभापति बिकास कोइराला र एमाले अध्यक्ष कृष्ण खनाल सहितका नेताहरु सहभागी सहभागी रहनुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI