नारायण सापकोटा नवलपरासी भदौ ११ नवलपरासीमा जिल्लामा कुल २ सय २१ जनाले द्धन्द्धको क्रममा ज्यान गुमाएको एक संस्थाको प्रतिबेदनले देखाएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा नवलपरासीले सार्बजनिक गरिएको प्रतिबेदनमा जिल्लामा द्धन्द्धको क्रममा ज्यान गुमाउनेको संख्या २ सय २१ जना रहेको उल्लेख छ । जिल्लामा द्धन्द्धको क्रममा १४ जना बेपत्तँ भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी जिल्ला संयोजक होमराज कुवंरले बताउनुभयो । यसैबिच ईन्सेकद्धारा नवलपरासीको रामनगरमा आयोजीत कार्यक्रममा नवलपरासीका द्धन्द्ध पिडितहरुले लोकतन्त्रको स्थापना भएपनि आफुले लोकतन्त्रको अनुभति गर्न नपाएको बताएका छन ।सो क्रममा द्धन्द्धपिडित परिवारहरुले आफ्नो पिडा सो कार्यक्रम मार्फत जिल्लाका राजनैतिक दलका प्रतिनिधि, संघसस्था, स्थानिय समाजसेवीहरुको बिचमा द्धन्द्धका पीडाहरु साटासाट गरेका छन् । द्धन्द्धको समयमा मृत्यु भएका परिवारहरुको सहभागितामा सञ्चालन गरिएको उक्त कार्यक्रमले द्धन्द्धले ल्यायको पीडा, घाउलाई मलहम लगाउदै द्धन्द्ध पीडितलाई समाजसँग घुलमिल हुने वातावारण तयारका लागि कार्यक्रम आयोजना गरिएको थियाे ।